प्राधिकरणको स्थापना दिवसमा मास्क वितरण

समाधान संवाददाता
पोखरा
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसर पारेर प्राधिकरणकै आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन पोखरा वितरण केन्द्र इकाई समिति र गण्डकी प्रदेश समितिले संयुक्तरुपमा ग्राहक र कर्मचारीलाई मास्क वितरण गरेका छन् ।
कार्यक्रमका प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, पोखरा वितरण केन्द्र प्रमुख सुरेन्द्रकुमार साह र युनियनका नेताहरुको उपस्थिति थियो । प्राधिकरणको विराटनगर वितरण केन्द्रमा कार्यरत कर्मचारी सीताराम दाहालको कोरोना संक्रमणका कारण निधन भएकोमा उनको स्मृतिमा उक्त अवसरमा मौनधारण गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक प्रमुख तिवारीले विषम परिस्थितिमा युनियनले चालेको कदम एकदमै सचेतना पूर्ण एवं उदाहरणीय रहेको बताए । प्रमुख तिवारीले सुरक्षित तरिकाले आलोपालो प्रणालीबाट सेवा प्रदान गर्न÷गराउन केन्द्र प्रमुख लगायत सम्पूर्ण कर्मचारीलाई अनुरोध गरे ।
कार्यक्रममा आधिकारीक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन पोखरा वितरण केन्द्र इकाइ समितिलेे ५ सय थान मास्क प्रदान गरे । कार्यालयकै ज्यालादारी कर्मचारी केदारप्रसाद बरालले १ सय थान मास्क आधिकारिक ट्रेड युनियन राष्ट्रिय कार्मचारी युनियन पोखरा वितरण केन्द्र इकाई समितिलाई प्रदान गरेको सचिव सीता सिग्देलले बताइन् ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया