डेमोक्र्याट पार्टीबाट अमेरिकी राष्ट्रपतिका लागि बाइडेन अनुमोदित

विलमिङटन, डिलावेयर, (रासस–एपी)
अमेरिकी डेमोक्र्याट पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ ।
पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।
डेमोक्र्याटिक पार्टीले कोरोनाभाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् ।
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिई सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्व राष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् ।
यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रशारण गरिएका छन् । बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याट र रिपब्लीकन दुबै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् ।
पूर्व राष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लीकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिनु भएको छ । हाल ९५ वर्ष पुग्नु भएका पूर्व राष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नु भएको छ ।
कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका नीतिहरुको कटु आलोचना गर्नु भएको छ । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।
पूर्व विदेश मन्त्री केरीले भन्नुभयो, “डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मूख रहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।”
पूर्व राष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ, र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न सकेको छैन भन्नुभयो ।
भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्यूयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ ।
रिपब्लीकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नु भएका कोलिन पावेलले बाइडेनलाई समर्थन गर्नुभयो । उहाँ एरिजोनका पूर्व सिनेटर स्व. जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा पर्नु भएको थियो ।
आधा दर्जनभन्दा बढी रिपब्लीकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गर्नु भएको थियो ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया