सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

काठमाण्डाैं, रासस ।
सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ ।
सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ ।
ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी सङ्घीय संसद नेपाल थप गरिएको सचिवालयले जनाएको छ ।
संसदका पदाधिकारी र सदस्यले लगाउने प्रतीक चिह्नको ब्याच पिन ३५० थान तयार गर्न वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई गत असार २१ गते जिम्मेवारी दिइएको थियो ।
सरकारले अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार संसद्को प्रतीक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्न प्रतिनिधिसभा तथा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई सभामुख र अध्यक्षले स्वीकृत गर्नुभएको थियो । स्वीकृतिबमोजिम तयार भएको ब्याच पिनमा समस्या आएपछि सुधार गर्न लागिएको हो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया