कास्कीकाे अन्नपूर्ण गाउँपालिकामा ʿएक व्यक्ति, एक मास्कʾ अभियान

पाेखरा
कोभिड–१९ को सङ्क्रमण बढिरहेका अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिका ʿएक व्यक्ति, एक मास्कʾ अभियान सहित जनताको घरदैलोमा पुगेको छ ।
गाउँपालिकालाई कोरोना भाइरसको सम्भाव्य जोखिमबाट जोगाउने लक्ष्यका साथ एक व्यक्ति एक मास्क अभियानलाई अनिवार्य गराउँदै ११ वटै वडामा पुगिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । उनका अनुसार गाउँपालिका भित्र हालसम्म ३५ हजार मास्क वितरण गरिसकिएको छ भने थप ३५ हजार वितरण गर्ने तयारी गरिएको छ ।
भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराउन यसको जोखिम, बच्ने उपाय लगायतका विषय समेटिएको एक हजार ५०० ब्रोसर वितरण गरिएको उनले बताए ।
स्वास्थ्य सजगता र हात धुन सर्वसाधारणलाई अभिप्रेरित गर्न सात हजार ३० साबुन वितरण गरिएको छ । अभियानमा जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, विद्यालयका शिक्षक लगायतलाई परिचालन गरिएको छ ।
अभियान प्रभावकारी बनेको उल्लेख गर्दै अध्यक्ष कुँवरले सर्वसाधारणको भाइरसप्रतिको सजगता बढेको बताए । रासस









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया