काेराेनाले विश्वभर ८ लाख जनाकाे ज्यान लियाे
समाधान संवाददाता
२०७७ भदौ ७ गते ७:११

पाेखरा
कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ८ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८ लाख २ हजार ६ सय ९३ पुगेको हो। हालसम्म विश्वभर २ करोड ३१ लाख २० हजार ८ सय ३० जना संक्रमित भएका छन् भने १ करोड ४८ लाख ४२ हजार ३ सय ८२ निको भएका छन्।
संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ७६ हजार ३ सय २१ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या ५६ लाख ६४ हजार ८ सय ४८ पुगेको छ। अमेरिकामा सबैभन्दा बढी न्युयोर्कमा ३२ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ।
ब्राजिलमा ३५ लाख ८२ हजार ३ सय ६२ संक्रमित र १ लाख १४ हजार २ सय ५० को मृत्यु, भारतमा २९ लाख ७५ हजार ७ सय १ संक्रमित र ५५ हजार ७ सय ९४ मृत्यु तथा मेक्सिकोमा ५ लाख ४९ हजार ७ सय ३४ संक्रमित र ५९ हजार ६ सय १० को मृत्यु भएको छ।
सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया