कारागार सुरक्षार्थ खटिएका नेपाली सेनामा कोरोना

समाधान संवाददाता २०७७ भदौ ९ गते ६:३४

स्याङ्जा

Advertisement

जिल्ला कारागार स्याङ्जामा खटिएका नेपाली सेनाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पुतलीबजार नगरपालिका ३ मा रहेको दुर्गाभञ्जन गुल्ममा कार्यरत रही कारागारको सुरक्षार्थ खटिएका ३७ वर्षे हवल्दारमा कोरोना पुष्टि भएको हो । भदौ १ गते जिल्ला कारागारका ६० वर्षे कैदीमा कोरोना पुष्टि भएपछि भदौ २ गते २ आर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।

कैदी र आर्मीमा कोरोना देखिएपछि भदौ ६ गते सुरक्षार्थ खटिएका १५ आर्मी, ५ प्रहरी, ७९ स्वास्थ्यकर्मी र कर्मचारी गरी १०६ जनाको स्वाब लिइएको थियो । पिसीआर परीक्षणका लागि लिइएका स्वाबमा एक आर्मीबाहेक सबैको नेगेटिभ नतिजा आएको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानाकारी दिए ।

यहाँ ३१० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । २८६ जना निको भएर घर फर्केका छन् ।

Advertisement

कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । अन्य २२ जना आइसोलेनमा रहेको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया