म्याग्दीकाे नेपानेका विपन्नलाई बाख्रा पैंचो

म्याग्दी
लायन्स क्लब अफ बेनी म्याग्दीले बेनी नगरपालिका–६ नेपानेका विपन्न समुदायलाई बाख्रा सहयोग गरेको छ । क्लबले एक कार्यक्रम गरी ७ जना विपन्न घरपरिवारलाई एक÷एक वटा बाख्रा पैचो स्वरुप वितरण गरिएको हो ।
९ वर्षअघि लायन्स गाउँ घोषित नेपानेमा छनोट गरिएका सातजनालाई बाख्रापालनमा प्रोत्साहन गर्न सहयोग गरिएको क्लवका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले १ वर्षपछि त्यो बाख्रा फिर्ता गर्नुपर्छ । पैंचाे बापत फिर्ता भएको बाख्रालाई सोही समुदायको अर्को परिवारलाई हस्तान्तरण गरिने छ ।
बाख्राको बिमासमेत लायन्सले गर्ने कार्यक्रम संयोजक क्लबका उपाध्यक्ष नारायणकुमार श्रेष्ठले बताए । लायन्स गाउँ घोषणा गरेसँगै विभिन्न समयमा आयआर्जनसँगै शैक्षिक लगायत विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको क्लबको बाख्रा हस्तान्तरण कार्यक्रममा बोल्दै भेटनरी अस्पताल तथा पशुविज्ञ कार्यालयका प्रमुख नारायण कुसुमले बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने बताए ।
‘थोरै लगानीमा पनि धेरै आम्दानी गर्न सकिन्छ, प्राविधिक सहयोगका लागि आवश्यकता अनुसार सहयोग गर्छौं,’ प्रमुख कुसुमले भने, ‘यसबाट किसानलाई बाख्रा पालनमा समेत प्रोत्साहन गर्ने देखिन्छ ।’
करिब ४० घरपरिवार रहेको नेपानेमा अन्य आवश्यकतलाई समेत पूरा गर्न प्रयास गर्ने क्लबले जनाएको छ । क्लबले बाख्रा व्यवस्थापनका लागि पदम केसीको संयोजकत्वमा कृष्णदत्त पौडेल र भोजनाथ पौडल सदस्य रहेको समिति समेत गठन गरेको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया