पत्रकार ढुंगानामाथि दुर्व्यहारको विरोध

समाधान संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीले एभिन्युज टेलिभिजनका पत्रकार सुमन ढुंगानालाई प्रहरीले दुर्व्यहार भन्दै त्यसको विरोध जनाएको छ ।
रिर्पोटिङका लागि आज पोखरा २६ बाट सिर्जनाचोक कार्यालय आउँदै गर्दा बुद्धचोकमा ड्युटीका ट्राफिकबाट ढुंगानालाई दुव्र्यवहार भएको पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संकटको यस घडीमा आफ्नो कर्तव्य निर्वाहको सिलसिलामा सडकमा निस्किएका पत्रकारलाई निरुत्साहित गर्न खोज्नुले स्वतन्त्र प्रेस माथिकै आक्रमण भएको हाम्रो ठम्याइ छ,’ विज्ञप्तिमा भनिएको छ ।

पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले अनावश्यक रुपमा अपराधीलाई झै गरी केरकार गर्ने, कोरोना संक्रमणकाबेला अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई निरुत्साहित गर्ने कार्य तत्काल बन्द गर्न, आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र स्वतन्त्र प्रेसको सम्मान गर्न प्रहरी प्रशासनलाई महासंघले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया