कर्णाली प्रतिष्ठानलाई एमडी सञ्चालनको अनुमति

कर्णाली, रासस ।
नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ ।
सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो ।
“सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,” शिक्षाध्यक्ष डा.थापाले भन्नुभयो, “यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।”
सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उहाँले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्णालीले अब मुलुकलाई दक्ष चिकित्सक जनशक्ति दिन्छ । यो अवसरका लागि प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई ज्ञापन गर्दछु ।”
प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी.एमएसका पाँच सिटको पक्का भएको बताउनुभयो ।
बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी÷एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीले मुलुकलाई डाक्टर उपलब्ध गराउने ऐतिहासिक अवसर पाएको छ भन्नुभयो ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया