पाेखरा–११ की काेराेना संक्रमित ३२ वर्षीया महिलाकाे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ ११ गते ९:२६

समाधान संवाददाता, पोखरा
पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत ३२ वर्षे युवतीको बिहीबार बिहान मृत्यु भएको हो ।
पोखरा ११ बस्ने उनी ७ भदौमा अस्पतालल भर्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
योसहित पोखराम कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा १६ का ८७ वर्षे वृद्ध र पोखरा १९ का ६२ वर्षे पुरुषको मृत्यु भएको थियो ।
पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले विज्ञप्ती जारी गर्दै विहीबार विहान ती महिलाकाे मृत्यु भएकाे जानकारी दिएका छन् ।
उनले अहिलेसम्म पाेखराकाे अस्पतालमा उपचारका क्रममा ५ जनाकाे ज्यान गएकाे जानकारी दिएका छन् । पाेखराका ३ सहित स्याङ्जाका १ र तनहुँका १ जनाकाे पाेखराका उपचारका क्रममा मृत्यु भएकाे हाे ।

सम्बन्धित









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया