गण्डकीका ५ जिल्लामा थपिए २५ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ११ गते १०:२२

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा तनहुँका ९, बागलुङका ८, लमजुङका ४, नवलपुरका ३ र पर्वतका १ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १९ सय ७७ पुगेको छ । तीमध्ये १६ सय ६५ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया