आजै थपिए १ हजार १११ काेराेना संक्रमित

समाधान संवाददाता २०७७ भदौ ११ गते १६:४८

समाधान संवाददाता

पछिल्लो २४ घण्टामा नेपालभरमा १ हजार १११ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गाैतमले नियमित ब्रिफिङका क्रममा आज साे जानकारी दिएका हुन् ।

Advertisement

देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै ३७७ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया