सवारी ज्यान मुद्दाका दोषी १७ वर्षपछि पक्राउ

समाधान संवाददाता २०७७ भदौ ११ गते १९:०९

समाधान संवाददाता, पोखरा

सवारी ज्यान मुद्दामा दोषी ठहर भई १७ वर्षदेखि फरार रहँदै आएका १ व्यक्तिलाई कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

कास्की मादी गाउँपालिका १० वार्चाेकका ५८ वर्षीय पसबहादुर गुरुङलाई प्रहरीले फैसला अनुसारको कारबाही गर्न पक्राउ गरेको हो ।

Advertisement

२०६० जेठ १७ मा कास्की जिल्ला अदालतले उक्त मुद्दामा गुरुङलाई २ वर्ष ११ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

उनलाई पक्राउ गरी अदालतमा पेस गरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया