पोखरामा पर्यटक प्रहरीलाई कोरोना, संक्रमण स्रोत थाहा छैन

समाधान संवाददाता, पोखरा
पोखरामा २ जना पर्यटक प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा १७ ड्यामसाइडको पर्यटक प्रहरी कार्यालयका २८ र २९ वर्षे प्रहरीमा कोरोना देखिएको हो ।
२ दिन पहिले उनीहरुको स्वाब संकलन गरिएकोमा शुक्रबार पोजेटिभ आएको हो । ‘५ दिन पहिलेदेखि सामान्य रुघाखोकी लागेको थियो । त्यसपछि क्वारेन्टाइनमा राखेका थियौं । परीक्षण गर्दा पोजेटिभ देखियो,’ पर्यटक प्रहरी कार्यालय पाेखराका प्रमुख तथा प्रहरी निरीक्षक गणेश खनालले समाधानसँग भने ।
पोखरा महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यका अनुसार दुवै संक्रमित प्रहरीको बाहिरी जिल्ला गएको/आएको कुनै ट्राभल हिस्ट्री छैन ।
पोखरामा कोरोना संक्रमितको संख्या २ सय ८४ पुगेको छ । तीमध्ये १ सय ७४ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
प्रदेशभर संक्रमितको संख्या २ हजार २५ पुगेको छ । संक्रमितमध्ये १६ सय ७२ जना निको भएका छन् भने ९ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, म्याग्दी, गोरखा, बागलुङ र तनहुँका १/१ जना छन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया