पोखरामा थप ११ जनामा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ भदौ १२ गते १४:०२

समाधान संवाददाता, पोखरा
पोखरामा थप ११ जनामा कोरोना पुष्टि भएको छ । पोखराका विभिन्न ७ वडाका ८ पुरुष र ३ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउसाे जारी गरेकाे प्रे विज्ञप्तिमा पाेखराका ७ वडामा थप ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे बताएकाे छ ।
ती मध्ये वडा नम्बर १६ मा ४ जना, १४ मा २ जना र वडा नम्बर १, २, ३, ५ र ११ मा १–१ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ ।
यसअघि विहान ५ जना संक्रमित थपिएका थिए । याेसँगै आजै मात्र १६ मा संक्रमित थपिइसकेका छन् ।

सम्बन्धित
तपाईको प्रतिक्रिया