काेराेनाले ३० वर्षीय महिलाकाे ज्यान लियाे

समाधान संवाददाता २०७७ भदौ १३ गते ७:४६

समाधान संवाददाता

काेराेना भाइस संक्रमित ३० वर्षीया एक महिलाकाे मृत्यु भएकाे छ । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत ती यवतीकाे मृत्यु भएको हाे ।

पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

Advertisement

भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परिक्षण गरिएकाे थियाे ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।

Advertisement

ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।

तपाईको प्रतिक्रिया