खसी खोज्न हिँडेका खेमराज मृत भेटिए
समाधान संवाददाता
२०७७ भदौ १३ गते १६:४२

पोखरा
खसी खोज्न भनेर घरबाट निस्किएका पर्वतको मोदी गाउँपालिका-५ पातिचौरका ३३ वर्षे खेमराज अधिकारी बाजुङको सिमलीखेतस्थित एक घरमा मृतावस्थामा भेटिएका छन् ।
शुक्रबार साँझ ४ बजेतिर खसी खोज्न भनेर निस्केका थिए । घर फर्कन रात परेका कारण मोदी गापा ५ स्थित कर्णबहादुर कुँवरको घरमा बास बसेका थिए । शनिबार बिहान अबेरसम्म नउठेपछि कुँवर परिवारले हेर्दा उनी मृतावस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
कुँवर परिवारले तत्काल प्रहरीलाई खबर गरेपछि सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेका छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया