काेराेनाले २४ घन्टामा १२ काे मृत्यु
समाधान संवाददाता
२०७७ भदौ १३ गते १७:१७

पाेखरा
मुलुकभर पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गोरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।
गण्डकीमा मात्रै हालसम्म १२ जनाले काेराेनाबाट ज्यान गुमाएका छन्
सम्बन्धित
तपाईको प्रतिक्रिया