लायन्स भद्रकालीले संकलन गर्‍यो १४० युनिट रगत

समाधान संवाददाता २०७७ भदौ १४ गते १३:०१

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरामा रगतको चरम अभाव भएपछि लायन्स क्लब अफ पोखरा भद्रकालीले थालेको साताव्यापी कार्यक्रम अन्तर्गत छैटौं दिन आइतबार पोखराको रत्नचोकमा २५ युनिट रगत संकलन भएको छ । छैटाै‌ं दिनसम्म १ सय ४० युनिट रगत संकलन भएकाे क्लब अध्यक्ष संयुक्त धाख्वाले बताए ।

आइतबार रत्नचोकको एनवाइसी क्लबको सहयोगमा भएको कार्यक्रममा क्लब प्रतिनिधि सफल शेरचन, विकास क्षेत्री, रत्नचोक ट्याक्सी इकाइ समितिको विशेष सहयोग थियो । उक्त असरमा जनप्रिय वहुमुखी क्याम्पस स्ववियु सभापति आशिक गुरुङले समेत विशेष सहयोग गरे । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

लायन्स इन्टरनेसल डिस्ट्रिक्ट ३२५ बी १ का ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, मनकुमारी शर्मा र क्लब अध्यक्ष संयुक्त धाख्वाले पहिलो रक्तदाता सुरज थापालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा सुरज थापा, विवेक गुरुङ, किशोर केसी, सुनिल गुरुङ, सुमित गुरुङ, ध्रुवराज पोख्रेल, विशाल पुन, सफल शेरचन, विकल कोइरालाले रक्तदान गरे । यसैगरी, सुमन अधिकारी, रचना परियार, विकास क्षेत्री, सुनिता गुरुङ, वासुदेव बराल, प्रमेन्द्र थापा, नरेश गुरुङ, रोशन गुरुङ, मीलन गुरुङ, कमल गुरुङ, सुरेन्द्र श्रेष्ठ, अरविन गुरुङ, कृष्णबहादुर गुरुङ, रामचन्द्र विश्वकर्मा, रनिन तामाङ र सुरेशकुमार श्रेष्ठले रक्तदान गरेको कार्यक्रम संयोजक समेत रहेका क्लब सचिव धनेन्द्र गुरुङले जानकारी दिए ।

Advertisement

कार्यक्रममा शर्माले भद्रकालीले थालेको अभियान छैटौं दिनसम्म आइपुग्दा सहभागिता र उत्साह बढ्दै गएको बताए । अहिले अन्य क्लब र संघसंस्थाले पनि आकस्मिक रुपमा रक्तदान कार्यक्रम राखेको उनले जनाए । नियमित रुपमा राखिएका कार्यक्रम कास्की जिल्लामा निषेधाज्ञा जारी भएका कारण रोकिएपछि पोखरामा रगतको अभाव भएको थियो ।

भद्रकाली लायन्सले गरेको कार्यक्रमको पहिलो दिन भद्रकाली चोकमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । दोस्रो दिन ग्रिन डेभलपमेन्ट सँगको सहकार्यमा सभागृह चोकमा १३ युनिट, तेस्रो दिन समाधान दैनिकको सहकार्यक्रममा नयाँबजारमा २४ युनिट रगत संकलन भएको क्लबका पूर्व अध्यक्ष भरत कोइरालाले बताए । चौथो दिन नदीपुरमा २० युनिट रगत संकलन भएको छ । पाँचौ दिन बाटुलेचौरमा भएको कार्यक्रममा ३३ युनिट रगत संकलन भएको हो ।

सातौं दिन सोमबार मानिसको आवतजावत हुने कुनै चोकमा कार्यक्रम गरिने क्लब अध्यक्ष संयुक्त धाख्वाले बताए ।

अझै पनि एबी पोजेटिभ समूहको रगत अभाव भएको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । रगतको अभाव पूर्ति गर्न आफूहरुले एम्बुलेन्स लिएर घरघरमै रगत संकलन गरिएको उनले बताए । रगत अभाव हुँदा अस्पतालमा नियमति शल्यक्रिया र डायलासिस समेत प्रभावित भएको छ । अब भने रक्तदानको लहर चलेको र निषेधाज्ञा पनि भदौ १२ गतेबाट खुकुलो भएकाले अब भने रगत अभाव नहुने विश्वास केन्द्र प्रमुख ज्ञवालीको व्यक्त गरे ।

तपाईको प्रतिक्रिया