स्याङ्जा एम्बुलेन्स दुर्घटनाः घाइते खतरामुक्त, पेटमा रहेको बच्चाको मृत्यु

समाधान संवाददाता, पोखरा
स्याङ्जामा एम्बुलेन्स दुर्घटनामा परी घाइते भएका २ जनाको अहिले पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आइतबार बिहान वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । दुर्घटनामा एम्बुलेन्स चालक चापाकोट नगरपालिका वडा नं ९ का ३१ वर्षे सुरेन्द्र भण्डारी र गर्भवती २८ वर्षीया पवित्रा पोखरेल घाइते भएका छन् ।
एम्बुलेन्स वालिङ नगरपालिका ५ मजकोटमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि पोखरा रेफर गरिएको थियो ।
घाइते दुवैको अवस्था खतरामुक्त रहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिइन् । ‘घाइते गर्भवती इमर्जेन्सीमा हुनुहुन्छ । पेटमा ६÷७ महिनाको बच्चा रहेछ । बच्चाको भने मृत्यु भएको छ,’ मेसु डा. घलेले भनिन् ।
दुवै घाइतेले दोहोरो कुराकानी गरिरहेको उनले बताइन् । घाइते पोखरेलको टाउकोमा र भण्डारीको खुट्टामा चोट लागेको छ । भण्डारीको गाइने वार्डमा उपचार भइरहेको मेसु घलेले जानकारी दिइन् ।
गर्भवती पोखरेललाई लिएर काठमाडौंबाट एम्बुलेन्स गाउँ फर्किँदा सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट १० का २५ वर्षका श्याम पंगेनीको मृत्यु भएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया