डा. गोविन्द केसीलाई स्वयंसेवामा नरोक्न आग्रह

समाधान संवाददाता
पोखरा
कर्णालीका विभिन्न जिल्लामा स्वयंसेवामा खटिएका डा. गोविन्द केसीमाथि भएको धरपकड र सेवा गर्नेक्रममा भएको बन्देजविरुद्ध पोखराका अधिकारकर्मीहरुले निन्दा गरेका छन् ।
आइतबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले डा. केसीलाई जुम्लामा निशुल्क स्वास्थ्य उपचार गर्ने कार्यमा स्थानीय प्रशासनले गरेको बन्देज र धरपकडविरुद्ध निन्दा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा क्षेत्रको आमूल सुधारका लागि समर्पित डा. केसीविरुद्ध पञ्चायती भिजिलान्ते शैलीमा गरिएको धरपकडको घोरनिन्दा गर्दछौं ।’
कोरोना महामारी कारण अन्य रोगका बिरामीको उपचार समेत प्रभावित बनेको अवस्थामा दुर्गम जिल्लाका नागरिकको मानवीय सेवामा जुटेका स्वयंसेवक डा. केसीमाथि अपमाजनक व्यवहार गर्नु मानवअधिकारको उल्लंघन हो भन्दै निर्वाधरुपमा सेवा गर्ने सहज वातावरण सृजना गर्न माग गरिएको छ ।
विज्ञप्तिमा नागरिक समाज कास्कीतर्फबाट इन्द्रकमल मानन्धर, स्वयंसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी शशि तुलाचन, सिटिजन्स जुरी कास्कीतर्फबाट वरिष्ठ अधिवक्ता तीलक पराजुली, संयुक्त देशभक्त मोर्चाका तर्फबाट रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका विष्णुहरि अधिकारी, राइजिङ स्टार युथ क्लबका विष्णुप्रसाद गुरुङ र डेभिजफल क्लबका पुष्प बरालले संयुक्त हस्ताक्षर गरेका छन् ।
फाइल फाेटाे









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया