गोरखाकी कोरोना संक्रमित महिलाको मृत्यु, गण्डकीमा मृतक १४ पुगे
समाधान संवाददाता
२०७७ भदौ १५ गते १८:४४

समाधान संवाददाता, पोखरा
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गोरखा आरुघाट निवासी ६५ वर्षीया महिलाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो ।
उपचारका लागि काठमाडौं पुगेकी उनको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो । १३ भदौमा कोरोना पुष्टि भएकोमा उनको साेही राति ११ बजे मृत्यु भएको हो ।
मृतक महिला थाइरोइड र मुटुरोगकी दीर्घरोगी रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि ती महिला ४ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
कास्कीका ४, गोरखाका ३, स्याङ्जा र लमजुङ २/२, तनहुँ, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया