सरकारी बेवास्तापछि सडकका खाल्डा पुर्दै पाेखरेली युवा

समाधान संवाददाता २०७७ भदौ १७ गते ७:१७

पोखरा

पोखरा महानगरपालिकामा प्रत्येक सडकहरुमा खाल्डाखुल्डी छन् । बर्खे भेल र पानीले पारेका खाल्डाले दुर्घटनाको जोखिम निम्त्याएको छ । त्यही जोखिम कम गर्न युवाको एउटा टिमले खाल्डा पुरेको छ ।

सडकका खाल्डा पुर्ने युवाहरुको टिम हो— जागौं पोखरा । सडकका खाल्डा पुर्न अभियानका सदस्य र शुभचिन्तकहरु बेल्चा र गैंची लिएर काममा खटिएका थिए ।

Advertisement

सडक मर्मत र स्तरोन्नति गर्न पोखरा जस्तो सहरमा बजेट अभाव हुने गरेको जागौं पोखराका अभियानका चिरञ्जीवी अधिकारीले बताए । क्षितिज सापकोटाले मत दिएर जिताएका जनप्रतिनिधिको ध्यान सडकका खाल्डामा जान नसकेको हुँदा जागौं पोखराको अभियानमा सहभागी भएको सुनाए ।

अभियन्ता दीपक आचार्यले जनताका सेवक भनेर नोकरको जिम्मेवारी पाएकाहर छोटे राजा बनेको आरोप लगाए । जागौं पोखराले शिवराज बास्ताकोटीलाई संयोजकको जिम्मेवारी दिएको छ । खाल्डा पुर्न बाबा फाउन्डेसनका अध्यक्ष दिलीपराज श्रेष्ठलेले गैची बेल्चा उपलब्ध गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया