पाकिस्तानले लियाे बदला, सिरिज बराबर

एजेन्सी
दाेश्राे खेलमा विशाल स्काेर बनाएर पनि पराजित हुन बाध्य पाकिस्तानले तेस्रो ट्वेन्टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा इंग्ल्याण्डलाई पाँच रनले पराजित गरेर बदला लिएकाे छ । याे जितसँगै तीन ट्वेन्टी–ट्वेन्टीको शृङ्खला १–१ को बराबरी गरेको भएकाे छ । पहिलाे खेल वर्षाका कारण रद्द भएकाे थियाे ।
१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डका लागि अन्तिम दुई बलमा जितका लागि १२ रन चाहिएको थियो । त्याे राेमाञ्चक खेलमा अन्तिम २ मध्यकाे पहिलाे बललाई ईग्ल्याण्डका टम करेनले छक्का प्रहार गरे ।
अबअन्तिम बलबाट इंग्ल्याण्डका लागि जित पुनः छक्का नै चाहिएको थियो । तर बल डट भयाे ।
इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १८५ रन बनाउन सक्यो र पहिलो ब्याटिङ्ग गरी १९० रन बनाएको पाकिस्तान पाँच रनले विजयी भयो ।
पाकिस्तानले चार विकेटको क्षतिमा १९० रनको आँकडा तयार पारेको थियो । उसका लागि मोहम्मद हाफीजले ८६ तथा हैदर अलिले ५४ रनको योगदान दिए ।
तपाईको प्रतिक्रिया