आफै पैसा तिरेर परीक्षण गर्न गएका डाेजर व्यवसायीकाे काेराेना रिपाेर्ट पाेजेटिभ

समाधान संवाददाता
पाेखराकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार एक विज्ञप्तिि जारी गर्दै आफै पैसा तिरेर काेराेना परीक्षण गराउन आएका एक जनामा काेराेना संक्रमण भएकाे पाइएकाे जानकारी दिएकाे छ । याे गण्डकी प्रदेशकाे पहिलाे घटना हाे ।
काेराेना भाइरससँग मिल्दाे जुल्दाे लक्षण देखिएपछि उनी पे क्लिनिकमा गएर स्वाब दिएका थिए । उनी २४ वर्षीय युवा हुन् ।
पेशाले डाेजर व्यवसायी रहेका ती संक्रमितकाे घर तनहुँ जिल्लाकाे ब्यास नगरपालिका वडा नम्बर ६ भएपनि हाल पाेखराकाे अमरसिंहचाेकमा बसाेबास गर्ने जानकारी पनि निर्देशनालयले दिएकाे छ ।
याेसँगै पाेखरामा बुधबार संक्रमितकाे संख्या २४ पुगेकाे छ भने गण्डकी प्रदेशभरमा २२ सय ४६ पुगेकाे छ ।
तपाईको प्रतिक्रिया