गण्डकीका ५ जिल्लामा थपिए १८ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ १७ गते १३:५४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जिल्लाका १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिनेमा लमजुङका १४, स्याङ्जा, तनहुँ, कास्की र नवलपुरका १ जनामा पोजेटिभ देखिएको हो । सबै संक्रमित कन्ट्याक ट्रेसिङमा परेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या २२ सय ६४ पुगेको छ । तीमध्ये १७ सय १२ संक्रमित निको भएका छन् भने १४ को मृत्यु भएको छ।
कास्कीका ४, गोरखाका ३, स्याङ्जा र लमजुङ २/२, तनहुँ, म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया