स्थान अभावमा कैदीबन्दीलाई समस्या

समाधान संवाददाता २०७५ फागुन ३ गते ८:५१

समाधान संवाददाता

बागलुङ कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या बनेको छ । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा स्थान अभावका कारण हरेक समस्या पर्ने गरेको कैदी बन्दीले गुनासो गर्न थालेका छन् ।

२५ क्षमताको कारागारमा १ सय १ कैदीबन्दी राखिँदा खानपिन, बस्न, सुत्न, शौचालय जान समस्या हुने गरेको छ । कारागारमा क्षमता भन्दा निकै नै बढी संख्यामा कैदीबन्दी भएकाले विभिन्न समस्या झेल्न परेको कैदीबन्दीको गुनासो छ ।

Advertisement

विभिन्न अपराधमा सजाँए भोगेका १ सय १ जना कैदी बन्दीहरु छन् भने १ जना नाबालक छन् । १ सय १ कैदीबन्दीमा महिलाको संख्या १३ रहेको र ८७ जना पुरुष छन् । स्थानअभावले कोचाकोच गरेर सुत्नु पर्दा अत्यन्तै सास्ती व्यहोर्नु परेको उनीहरुको गुनासो छ ।

कैदीबन्दीले स्थान अभावका साथै आफ्नो सीप प्रयोग गरेर बनाइएका मुढाले उचित बजार नपाएकोसमेत गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले कारागारमा देखिएका समस्याको निदानको लागि आवश्यक पहल गर्ने बताउँदै क्षमता भन्दा बढी कैदीलाई अन्यत्र स्थानान्तरण गर्न सम्वन्धित विभागको ध्यानाकर्षण गराउने जानकारी दिए ।

Advertisement

प्रमुख जिल्ला अधिकारी खरेलले कारागारका कैदीबन्दीको समस्यामा छलफल हुँदै आएको बताए । कारागारमा सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रजिअ खरेलले सीप सिक्दा समाजमा घुलमिल हुन सहज हुने बताए ।

तपाईको प्रतिक्रिया