बागलुङ भुजीखोला पहिरोमा ३० बेपत्ता, १ शव भेटियो

पोखरा
बागलुङको ढोरपाटन नगरपालिका ९ ढोर देउरालीस्थित भुजीखोलाले बुधबार राति किरानाको बस्ती बगाउँदा ३० जना सम्पर्कविहीन भएका छन् । १ जनाको शव भेटिएको छ ।
स्थानीय बासिन्दाका अनुसार रातभर परेको पानीसँगै आएको बाढीले ३० जना बेपत्ता भएका छन् भने ५० घर बगाएको छ ।

बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपँधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । अन्य बस्तीका समेत गरी ३० जना हराइरहेको खबर आएको जिल्ला प्रहरी कार्यालय बालगुङले जनाएको छ ।
बाढीले लाँकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ, भने सुकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए ।
लगातारकाे वर्षा र बाढीकै कारण क्षतिको थथार्थ विवरण आउन सकेको छैन । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र स्थानीय उद्धारमा जुटिसकेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया