पाेखरामा १६ सहित गण्डकीमा ४० जना काेराेना संक्रमित थपिए

समाधान संवाददाता
पाेखरा महानगरपालिकामा १६ जना सहित गण्डकीमा ४७ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान विज्ञप्ति जारी गरेर दिएकाे जानकारी अनुसार पाेखरामा थपिएका १६ जना मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । उनीहरु वडा नम्बर १५ मा कार्यरत छन् ।
त्यस्तै पाेखराकाे वडा नम्बर १० मा ३ जना, वडा नम्बर २७ मा २ जना र वडा नम्बर ७, १२, १४, ५, र ३० मा एक एक जना संक्रमित थपिएका छन् ।
यसैगरी नवलपुरमाा १७ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जना गैडाकाेटका छन् भने १ जना देवचुलीका हुन् ।
त्यस्तै लमजुङमा ३ जना, स्याङ्जामा १ जना, बाग्लुङमा १ जना र तनहुँमा १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
शुक्रबार विहानसम्म गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ हजार ३ सय ५२ पुगेकाे छ ।










‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया