करेन्ट लागेर युवकको मृत्यु
समाधान संवाददाता
२०७७ भदौ १९ गते १७:५१

काठमाण्डाैं ।
चन्द्रागिरि नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिका–१४ नैकापस्थित वडा कार्यालयको नजिक निर्माणाधीन युवा क्लबको भवनमा हाइटेन्शन लाइनबाट करेन्ट लागेर २७ वर्षीय सुरेन्द्र महर्जनको आज बिहान मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले करेन्ट लागेर गम्भीर घाइते महर्जनको उपचारका क्रममा शहीद मेमोरियल अस्पताल कलङ्कीमा मृत्यु भएको जानकारी दिनुभयो ।
लाइनमुनि क्लबको भवन बनाइएको थियो । स्थानीयवासीले नगरपालिकाको असहमति भएपछि भवन निर्माण रोक्न पहल नगरेर दुर्घटना भएको भन्दै १४ वडाका अध्यक्ष रामहरि बस्नेतको घरमा ढुङ्गामुडा गरेका थिए । उक्त ढुङ्गामुडाबाट अध्यक्ष बस्नेतको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
सम्बन्धित







रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया