युरिया मलमा गुनासाे आएपछि बजार अनुगमन

समाधान संवाददाता २०७७ भदौ २० गते ७:०७

समाधान संवाददाता
पोखरा

साल्ट ट्रेडिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन गरेको छ ।

धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल साल्ट ट्रेडिङले ४ जिल्लाका किसानलाई मल उपलब्ध गराएको थियो ।

Advertisement

विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानहरुलाई वितरण गर्ने भनिएको मल भाँडा पसल, किराना, भेटेरिनरीले मनलाग्दी मूल्यमा बिक्री गरेको गुनासोको आधारमा बिहीबार अनुगमन गरेको हो ।

प्रशासनले पोखराका ५ वटा कृषि सहकारीको अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा पोखरा ३२ खोलाको छेउमा भाडा पसल राज सुवेदी स्टोर्सले अनुमतिबिना मल बिक्री गरेको भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

Advertisement

‘कृषि सहकारीले व्यवस्थित रुपमा साइनबोर्ड नराखेको, बिल नराखेको, खाद्यान्न पसलसँगै रासायनिक मल राखेर बिक्री गरेको, मूल्य सूची नराखेको जस्ता मापदण्ड पालना नगरेको भेटिएको छ । सुधार गर्ने भनेका छाैं’ सहायक सिडिओ ढकालले भने ।

पोखरामा मल बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख सुरेशराज राजभण्डारीले अनुदानको मल व्यवसायीलाई बेच्नै नमिल्ने भएकाले गुनासोको आधारमा अनुगमन गरिएको जानकारी दिए । ‘खाद्यान्न बेच्ने पसलले मल बेच्न अनुमति नै नपाउने व्यवस्था छ ।

बिक्री केन्द्रहरुले गरेका गल्तीलाई सुधार गर्न लगाएका छौं । सुधार गर्न नसक्ने वा अटेरी गर्नेलाईै मल दिँदैनौ,’ उनले भने । पोखरास्थित साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत भदौ १४, १५ र १६ गते १ सय ७९ टन मल कास्की, स्याङ्जा लमजुङ र तनहुँ गरी ४ जिल्लाका सहकारीलाई वितरण गरेको राजभण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया