राेनाल्डाेलाई माहुरीले टाेकेपछि खेल्न सकेनन् तर पाेर्चुगल विजयी

समाधान संवाददाता २०७७ भदौ २१ गते ७:४७

एजेन्सी

युराेपमा जारी नेशन्स लिग कप प्रतियाेगितामा गएराती भएकाे खेलमा पाेर्चुगलले क्राेयशियामाथि शानदार जित दर्ता गरेकाे छ । तर याे खेल भने स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाे प्लेयर बक्समा बसेर हेर्न बाध्य भए ।

उनले देशका लागि ९९ गाेल गरिसकेका छन् र सय गाेल पुरा गर्ने अभियानमा छन् तर तत्कालका लागि त्याे सम्भव भएन् । उनकाे खुट्टामा माहुरीले टाेकेका कारण खेल्न नसकेकाे पाेर्चुगलका प्रशिक्षकले जानकारी दिएका छन् ।

Advertisement

उनी खेल्न नपाए पनि पोर्चुगलले क्रोएसियामाथि ४–१ को जित दर्ता गर्न सफल भयो ।

३५ वर्षका रोनाल्डोको दायाँ गोडामा माहुरीले टोकेको थियो । माहुरीले टोकेको स्थानमा इन्फेक्सन भएपछि उनी खेल्न नसकेका हुन् । उनी आउँदो मंगलबार हुने स्वीडेनसँगको खेलमा पनि खेल्न सक्ने सम्भावना कम रहेको जनाइएको छ ।

Advertisement

गोडामा इन्फेक्सन भएको भए पनि रोनाल्डो टिमको हौसला बढाउनका लागि रंगशालमा उपस्थित भएका थिए । मास्क फुकालेर बसेका रोनाल्डोलाई खेल पदाधिकारीले आएर मास्क लगाउन भनेका थिए ।

इन्जरी टाइमकाे पेनाल्टीले इग्ल्याण्डकाे जित

इंग्ल्याण्डले कठिन जितका साथ युरोपियन नेशन्स लिग फुटबलको सुरुवात गरेको छ । समूह ए टूमा रहेको इंग्ल्याण्डले शनिबार राति भएको खेलमा कमजाेर मानिएकाे आइसल्याण्डलाई १–० ले पराजित गरेको हो ।

खेलको दोस्रो हाफको अन्त्यतिर दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । कायल वाकर ७० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इंग्ल्याण्ड १० खेलाडीमा सीमित भयो ।

स्भेरिर इनगासोनले ८९ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि आइसल्याण्ड पनि १० खेलाडीमा सीमित भयो । अन्तिम समयसम्म दुवै तर्फबाट गोल भएको थिएन ।

तर इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा पाएको पेनाल्टीमा रहीम स्ट्रर्लिङ्गले गोल गरी इंग्ल्याण्डलाई जित दिलाए । इन्जुरी समयमै पाएको पेनाल्टीमा बर्किर बिआर्नसनले गोल गर्न सकेनन् र आइसल्याण्ड बराबरी गर्ने मौकाबाट चुक्यो ।


तपाईको प्रतिक्रिया