उपचारको क्रममा मृत्यु भएकी गोरखाकी वृद्धामा कोरोना पुष्टि, गण्डकीमा मृतक १९ पुगे

समाधान संवाददाता, पोखरा
गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नविन थापाका अनुसार घरमा उपचार गराइरहेकी उनलाई अचेत अवस्थामा अस्पतालमा ल्याइएको थियो । शंका लागेपछि उनको स्वाब लिएर अस्पतालको इमर्जेन्सी सेवा बन्द गरिएको थियो । अहिले अस्पतालका स्वास्थ्यकर्मीको व्यवस्थापन गरेर र डिस्इन्फेक्सन प्रक्रिया सकेर सेवा सुरु गरिएको डा थापाले जानकारी दिए ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । कास्कीका ५, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १६ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया