पाेखरामा संक्रमणकाे बढ्दाे ग्राफ, स्वास्थ्यकर्मी र मजदुरसहित थपिए ३१ जना

पाेखरा
पाेखरासहित गण्डकी प्रदेशमा काेराेना संक्रमणकाे ग्राफ उक्लँदाे छ । साेमबार बिहानमात्र पाेखरामा ३१ सहित प्रदेशभर ६७ जनामा काेराेना पुष्टि भएकाे छ ।
कास्कीकाे पाेखरामा ३१, नवलपुरमा १५, गाेरखामा १८ र तनहुँमा ३ जनामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ |
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६७ जना संक्रमित सबै कन्ट्रयाक ट्रेसिङका आधारमा पत्ता लागेका हुन् ।
पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा काेराेना पुष्टि भएकाे छ ।
पाेखराकै पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी र २ जना महिला सहयोगी कर्मचारीमा पनि काेराेना पुष्टि भएकाे छ ।
पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुषलाई पनि काेराेना भएकाे छ । त्यहाँका कामदारमा यसअघि पनि ठूलाे मात्रामा काेराेना भएकाे थियाे ।
नवलपुर देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि काेराेना भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया