सन्दिप लामिछानेकाे जमैका सेमिफाइनलमा

एजेन्सी ।
क्यारेवियन लिग अन्तरगतकाे लिग चरणका खेल समाप्त भएका छन् । लिग चरणका १० खेल मध्ये केवल ३ खेलमा जित हात पारेकाे नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेकाे टिम जमैका तल्लाबाज सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
३ खेलमा हार र एक खेल बर्षाका कारण रद्द भएपछि ७ अंक जाेडेकाे जमैकाले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सफल भयाे ।
उसले सेमिफाइनलमा लिग चरणमा कुनैपनि खेल नहारेको ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने छ। याे खेल मंगलबार राती हुनेछ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा जमैकाले सोमबार बिहान सेन्ट लुसिया जुक्ससँग ११ रनको हार बेहोर्यो। एक सय ४६ रनको लक्ष्य पाएको जमैकाले पहिलो विकेटका लागि ११.४ ओभरमा ८४ रनको साझेदारी गरे पनि खेल हार्यो।
त्यसअघि सन्दीपले फेरी एकपटक कसिलो बलिङ गरे। उनले चार ओभरमा एक मेडन राख्दै २० रन खर्चिएर एक विकेट हात पारे। प्रतियोगिताको यो सिजन उनले पहिलो मेडन ओभर बलिङ गरेका हुन्।
उनले आफूले बलिङ गरेका हरेक खेलमा विकेट लिएका छन्। प्रतियोगितामा उनले १२ विकेट लिएका छन्। ९ खेलमा ३६ ओभर बलिङ गरेका उनले एक सय ८२ रन खर्चँदै प्रतिओभर ५.०५ रन औसतमा बलिङ गरेका छन्।
अर्को सेमिफाइनलमा सेन्ट लुसिया र गुयाना भिड्नेछन्।
तपाईको प्रतिक्रिया