नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघ्याे
समाधान संवाददाता
२०७७ भदौ २५ गते १७:३७

समाधान संवाददाता. काठमाण्डाैं ।
नेपालमा काेराेना संक्रमितकाे संख्याले ५० हजार पार गरेकाे छ । पछिल्लाे २४ घण्टामा १२४६ जना नयाँ संक्रमित थपिएसँगै देशमा संक्रमितकाे संख्या ५० हजार माथि पुगेकाे हाे ।
विहीबार देशभरमा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।
संक्रमित मध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया