भारत र चीनबीच रुसमा वार्ता
समाधान संवाददाता
२०७७ भदौ २५ गते १८:१०

एजेन्सी. मस्काे ।
भारतका विदेश मन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग रुसमा भेटवार्ता गर्नुहुने भएको छ ।
सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को विदेश मन्त्रीहरुको बैठकका क्रममा उहाँहरुबीच भेटवार्ता हुन लागेको हो ।
रुसको राजधानी मस्कोमा बिहीबार उहाँहरुबीच भेटवार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारत र चीनका बीचमा सीमा विवाद चर्किदै गइरहेका बेला ती देशका विदेश मन्त्रीहरुका बीचमा हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
भारतका र चीनको सिमानामा पर्ने लद्दाखका केही ठाउँमा भिडन्त समेत भएका समाचारहरु आएका थिए । गत शुक्रबार पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंह र चिनियाँ रक्षा मन्त्री जनरल वाई फेङ्गबीच मस्कोमै भेटवार्ता भएको थियो ।
सम्बन्धित







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया