कास्कीमा पर्सिदेखि सार्वजनिक सवारी चल्ने

समाधान संवाददाता, पोखरा
कास्कीमा आइतबारदेखि सार्वजनिक सवारी साधन चल्ने भएका छन् । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आवश्यक सुरक्षा सतर्कता अपनाएर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको हो ।
पछिल्लोपटक २० भदौदेखि जारी गरिएको सर्तसहितको निषेधाज्ञाको अवधि शनिबार रातिसम्मलाई थियो ।
कोरोना संक्रमित बढ्न थालेपछि कास्कीमा ३ भदौदेखि निषेधाज्ञा जारी गरिएको थियो । ७ भदौपछि प्रशासनले निषेधाज्ञा सर्तसहित खुकुलो बनाइँदै आएको छ । १२ भदौसम्म निषेधाज्ञा कडा भए पनि त्यसयता कास्कीमा कडाइ भएको थिएन । प्रशासनले निषेधाज्ञा भनेर समय थपे पनि त्यसको प्रभावकारिता देखिएको छैन ।
कास्कीमा जोरबिजोर प्रणाली लागु गरिएको भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । निर्णयमा सीमित जोरबिजोर प्रणाली पनि प्रशासनले हटाएको छ । अब निजी सवारी साधन बिहान ६ बजेदेखि राति ८ बजेसम्म चलाउने पाइने भएको छ ।
शैक्षिक संस्था, जिम, रंगशाला, ब्युटी पार्लल, सैलुन, मेला महोत्सव र अन्य भीडभाड हुने क्रियाकलाप सञ्चालन गर्न पाइने छैन । सहकारी, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले सामाजिक दुरी कायम गरेर सेवा प्रवाह गर्न सक्ने छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया