स्याङ्जाका ८५ वर्षे पुरुषकाे काेराेनाले मृत्यु

समाधान संवाददाता २०७७ भदौ २७ गते ८:४६

पाेखरा

काेराेना संक्रमणका कारण स्याङ्जाका ८५ वर्षे पुरुषकाे शनिबार बिहान पाेखरामा मृत्यु भएकाे छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा उपचाररत पुतलीबजार नगरपालिका १ का ती पुरुषकाे बिहान साढे ६ बजेतिर मृत्यु भएकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

काेराेना संक्रमणपछि उनी २४ गते अस्पताल भर्ना भएका थिए । उनकाे काेभिड उपचार केन्द्रकाे आइसियु कक्षमा राखेर उपचार हुँदै आएकाे थियाे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेनापछि मृत्यु हुने उनी दसाैं व्यक्ति हुन् । हालसम्म प्रदेशका २३ जनाले काेराेनाकै कारण ज्यान गुमाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया