काहुँकोटमा सरसफाइ

समाधान संवाददाता २०७७ भदौ २७ गते २१:१७

पोखरा

‘युवा विकासका योद्धा हुन्, भ्रष्टाचार र विसंगति विरुद्ध खबरदारी गर्ने शक्ति हुन्’ भन्ने नारा सहित शनिबार एकीकृत काहँु विकास समन्वय समितिले काहुँकोट देउराली मन्दिर र धरहरा परिसर सरसफाइ गरेको छ ।

काहुँको टाकुरा रहेको देउराली देवी मन्दिर नवरात्रिभर नवदुर्गाको पूजा हुनुको साथै धरहराबाट समग्र पोखरा सहर हिमाल दृश्यावलोकनका लागि परिचित स्थान हो । तदर्थ समिति संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ११ वडा सदस्यद्वय मीनबहादुर गुरुङ, जंगबहादुर हमाल ठकुरी, सल्लाहकार सुनील थापा, नारायणप्रसाद अधिकारी, बद्रीनाथ घिमिरे, जयराम विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रम वामदेव गौतमले सञ्चालन गरेको थिए । समितिले सोही परिसरमा छिट्टै रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया