बाढिपहिरो प्रभावितलाई कांग्रेसको राहत

पोखरा
नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई २÷२ हजार रुपैयाँसहित खाद्यान्न सहयोग गरिएको कास्की कांग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापसहितको टोली सहयोग लिएर बराहथोक पुगेको थियो । भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुर्दा काजी विककी छोरी सिर्जनाको मृत्यु भएको थियो । २ घर परिवार विस्थापित भएका थिए ।
कार्यक्रममा पूर्वसभापति एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले प्रतिपक्षमा रहेर पनि कांग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए । कास्की कांग्रेस सभापति कृष्ण केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापन गर्ने पार्टीले सरकारसँग समन्वय गर्ने उल्लेख गरे । नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बलराम गुरुङले संचालन गरेका थिए ।









मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
जेनजी आन्दोलनका सहिद अनिश: ‘परिवारको मियो नै उखेलियो, अब केले सान्त्वना होला ?’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया