बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
समाधान संवाददाता
२०७७ भदौ २९ गते २०:२५
समाधान संवाददाता, पोखरा
कास्की प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले कास्कीको रुपा गाउँपालिका ५ देउरालीका ५८ वर्षे केशबहादुर गुरुङलाई आइतबार पक्राउ गरेको हो ।
उनलाई गत वर्ष चैतमा उच्च अदालत पाटनले ५० लाख जरिवाना र ६ दिन कैद तोकेको थियो । उनलाई लेकसाइडबाट पक्राउ गरेर अदालतमा पेश गरिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया