गण्डकी प्रदेश सरकारले गर्याे सुत्केरी बिरामीकाे उद्दार
समाधान संवाददाता
२०७७ असोज ५ गते १३:१४

बाग्लुङ, रासस ।
गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ ।
गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँको अहिले गण्डकी अपस्पतालमा उपचार भइरहेको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो ।
“राति शिशु जन्मिएपछि उच्च रक्तस्राव भयो, ज्यान नै जोखिममा पर्ने देखिएपछि हेलिकप्टरबाट पोखरा पु¥याइएको हो”, उहाँले भन्नुभयो ।
सम्बन्धित









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया