परिवर्तन संवाहक समाजसेवा

समाधान संवाददाता २०७७ असोज ६ गते ९:२२

गोपालध्वज जंग खड्का

Advertisement

यस वर्ष २०७७सालको ४१औं सामाजिक सेवा दिवसको‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ नारा तय भएको छ ।

समाज कल्याण परिषद्को आह्वानमा असोज ६ गते सम्पूर्ण सामाजिक संघसंस्थाहरु, टोल विकास, आमा समूह तथा युवा क्लबका साथै नागरिक समाजलाई सक्रिय सहभागिताका लागि जानकारीगर्दै कार्यक्रम तय गरिएको छ ।

सामाजिक सेवा दिवसको सन्दर्भमा तय गरिएका नाराले समाज सेवामा थप आकर्षण बढाउन, सबैको मन जित्न, थप ऊर्जा थप्नुको साथै सुख, समृद्धि र उधमशिलता बढाउने उद्देश्यको साथ आजको ४१ औं सामाजिक सेवा दिवस मनाउन विभिन्न सामाजिक संघसंस्थाहरुको साथै गैसस महासंघ नेपालले भव्यताको साथ मनाउन सप्ताहव्यापी कार्यक्रम तय गरेको छ ।

प्रत्येक वर्ष असोज ६ गते सामाजिक सेवा दिवसले सवैलाई सामाजिक सेवामा समर्पित हुन थप मनोवल वढाउने काममा उर्जा थपिरहेको हुन्छ । सेवा नै धर्म हो अतः मन वचन र कर्मले सेवा गरौं भन्ने उद्देश्यकोसाथ २०३४ सालमा समाज कल्याण परीषदको स्थापना भई विभिन्न सामाजिक संघसंस्थाहरुको अगुवाइ गर्दै सामाजिक चेतनामा अभिवृद्धि, सामाजिक रुपान्तरण र सामाजिक सशक्तीकरणमा जोडदिँदै विभिन्न कार्यक्रमको साथ सामाजिक संघसंस्थाहरुलाई परिचालित गरिरहेको छ ।

Advertisement

सामाजिक अभियन्ताहरु, समाजसेवीहरु एवं स्वयंसेवीहरु उत्प्रेरणाको साथ समाजको गतिशीलता, सामाजिक विकास कार्यमा मन, वचन, कर्मको साथ समाजको विभिन्न क्षेत्रमा दिनरात खटिरहेको पाइरहेका छौं । समाज सेवामा लाग्नको लागी निस्वार्थ भावना, त्याग र प्रतिबद्धता हुन आवश्यक छ । सामाजिक सेवा देश विकासको मुख्य मेरुदण्ड नै हो ।

अतः सामाजिक सेवामा विभिन्न टोल विकास संस्थाहरु, युवाक्लबहरु, आमा समूह एवं विभिन्न सामाजिक संघसंस्थाहरुलाईथप ऊर्जा दिई मनोबल बढाउनसामाजिक सेवा दिवसले दिशा निर्देशित गर्न सकोस् । आज हाम्रो सामु समाजसेवीहरुमा थप चुनौती छ । आजको समाज तथा नागरिक समाजको आकांक्षाहरु धेरै छन् । समाजसेवा विशुद्ध सेवामूलक कार्य हो ।

यस कार्यमा कुनै पनि राजनीतिक पूर्वाग्रही नभई सांप्रदायिक भावनाबाट टाढै भई समाजको परिवर्तन, रुपान्तरणमा तथासामाजिक चेतना अभिवृद्धिका लागि एवंदेशको सर्वाङ्गीण विकासमा निस्वार्थ भावनाको साथ लाग्न सकेमा मात्र सामाजिक सेवा दिवसले सार्थकता पाउँछ ।

सामाजिक सेवाको क्षेत्रमा समाज कल्याण परिषदमा आवद्ध हुने सामाजिक संघसंस्थाहरु करिब ४५००० को हाराहारीमा छन्। यसै गरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु करिब ३५० भन्दा बढी नेपालमा कार्यरत छन् ।

अन्तर्राष्ट्रिय दातृसंस्थाहरुको आर्थिक सहायतामा आज सामुदायिक विकास कार्यहरुमा ठूलो लगानी भएको पाउँछौं तर सो लगानीको लेखाजोखा हुन भने आवश्यक छ । समाजसेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड मात्र नभई आजको अपरिहार्य पनि हो ।

अतः सामाजिक सेवाको भावनामा बढवा दिनको साथै देश विकासका लागि युवाहरुलाई थप प्रोत्साहन गर्न आवश्यक छ । समाजसेवाप्रति अभिप्रेरित गर्नसमाज कल्याण परिषदले नेपाल सरकारसँग समन्वय गरी माध्यमिक तहदेखि नै विद्यार्थीलाई समाज सेवाको भावनामा ओतप्रोत तथाअभिप्रेरित गर्नसामाजिक कार्य (सोसलवर्क) सम्बन्धी पाठ्यक्रमको व्यवस्था गर्न सके युवालाई सामाजिक कार्यमा लाग्न स्वयंसेवा भावनाको विकास भई सामाजिक सेवामा थप स्वयमसेवीहरुको अभिवृद्धि हुनेछ ।

कलेज तथा विश्व विद्यालयमा स्नातक र स्नाकोत्तर तहमा अध्यनरत विद्यार्थीलाई अनिवार्यरुपमाकम्तीमा एक वर्ष अन द जब ट्रेनी÷इन्टर्नसिप कार्यका लागि स्थानीय सरकार, प्रादेशिक सरकार एवम संघीय सरकारको विभिन्न निकाय, कार्यालय एवं सामाजिक संघसंस्थाहरुमा कार्य गर्ने व्यवश्था गर्नसकेदेशको सर्वाङ्ग्रीण विकास, समृद्धिको लागि आवश्यक जनशक्तिको उत्पादनमा समेत टेवा पुग्न गई सामाजिक कार्यलाई गतिशील बनाउन स्वयमसेवी समाजसेवीहरुको समूह तयार गर्न सहयोग पुग्नेछ ।

सामाजिक सेवा दिवसको मुख्य उद्देश्य नै समाज सेवाको क्षेत्रमा लाग्ने सामाजिक संघसंस्थाहरु, सामाजिक अभियन्ताहरु तथा समाजसेवीहरुलाई गतिशील बनाई राख्न तिनीहरुको पहिचान, सम्मान, थप उत्प्रेरणा तथा हौसला बढाउन सामाजिक सेवा दिवसको सन्दर्भमा सबैलाई एक ठाउँमा एकताको साथ उभ्याउन सकेमा मात्र यस दिवसले सार्थकता पाउनेछ ।

यस वर्षको नारा ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखकालागि सामाजिक रुपान्तरण र उद्यमशीलता’लाई यर्थातामा उतार्न तय नारा प्राप्त गर्न रणनीतिक कार्य योजनाको साथ सामाजिक संघसंस्थाहरु समक्ष प्रतिबद्धताको साथ लाग्न सवैलाई हौसला एवम थप उर्जा दिन आवश्यक छ ।

सामाजिक सेवा मार्फत समाजमा रहेका गरिब, अति विपन्न, दुखी, निमुखा, बेसहराहरुलाई सहयोग गरेर उनीहरुको जीवनमा सकरात्मक परिवर्तन गर्न सकेमात्र सामाजिक सेवा कार्यको यथार्थमा परिणत भएको हुनेछ ।

आफ्नो व्यक्तिगत काम भन्दा फरक, जसवाट समाजमा रहेका ती विपन्न वर्गहरुलाई सहयोग गरी मानव जिवन, व्यवहार र तिनीहरुको जीवन यापनमा सहजता ल्याउन सकेमात्र सामाजिक कार्यको महसुस सबैले गर्न सक्नेछन् ।सामाजिक कार्यले सामाजिक संघसंस्थामार्फत सहयोग गरी जीवनमा परिवर्तन ल्याउनु हो ।

सामाजिक कार्यमा सहयोगको पहिलो चरण नै व्यक्तिहरुले दिने समय, चन्दा, दानवाट सुरुवात भई सामाजिक कार्यतिर उन्मुख हुदैगएको पाइन्छ । यसरीसामाजिक कार्यराष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय स्तरसम्म फैलिँदै गएको हो ।

समाज गतिशीलताको साथ साथै प्रविधिको पनि खोजी गरिरहेको हुन्छ, जसले गर्दा नयाँनयाँ स्थानहरुको भ्रमण र आफूले थाहापाएका कुराहरुको आपसमा सेयर गर्दैसमाज सेवामा प्रयोग गर्दछ । सामाजिक सेवा गतिशील एवं प्रगतिशील प्रकृतिको हो । यो बहुआयमिक र बहुउद्देश्यीय कार्य पनि हो ।

सामाजिक सेवा एकल कार्य नभई क्रमबद्ध र चरणबद्ध हुन्छ । यसरी नै सामाजिक सेवा व्यक्ति, समूह, हँुदै समाजमा प्रभाव पार्दै सामाजिकीकरणको प्रक्रिया अवलम्वन गर्दै सामाजिक सेवाको तौरतरिकाको अवलम्वन गर्दै सामाजिक परिवर्तन तथा सामाजिक रुपान्तरणलाई मुख्य प्राथमिकताको साथ अगाडि बढिरहेको हुन्छ ।

सामाजिक कार्यले समाजमा भए गरेका वर्तमान विविध पक्षहरुलाई क्रमिक रुपमा सुधार गर्न यस कार्यले विशेष जोड दिन्छ, जसवाट समाजको आम परिवर्तनको लक्ष्य लिएको हुन्छ ।

वास्तवमा सामाजिक सेवा तथा सामाजिक कार्य बहुआयमिक प्रक्रिया हो ।एक खेल पनि हो। एक परिवर्तनको संवाहक पनि हो । यो एउटा सामाजिक कार्यको व्यावसायिकता, शैक्षिक एवम व्यवसायिक विधा पनि हो ।

यस कार्यले व्यक्तिगत आधारमा, समूहमा तथा समुदायमा व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्न समुदायको सहभागितामा समाजसेवाको प्राथमिकता निर्धारण गर्दै समस्याको पहिचान गरी समस्याको समाधान गर्ने क्षमताको विकास गर्दै वर्तमान परिस्थितसँग जुध्दै सामाजिक सेवाको माध्यमबाट अगाडिबढ्दछ ।

समाजसेवा अन्य व्यवसायभन्दा भिन्न रआत्मसन्तोषी पनि हुन्छ । समाज सेवामा समुदायको सहभागिता तथा सहायता लिइने भएकोहुँदा यसलाई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक,आर्थिक एवम मनोवैज्ञानिक पक्षहरुको पनि अध्ययनको साथै सामाजिक कार्यलाईसेवाको रुपमा अगाडिबढाउन सकेमा मात्र समाजलाई प्रभाव पार्छ ।

सामाजिक सेवामा विशेष गरी असहाय, दुखी वर्गहरुको व्यक्ति रसमुदायहरुमा केन्द्रित हँुदै सेवाको भावना वाट उनीहरुको आत्मसम्मानकोकदर गर्दै उनीहरुको सामाजिक सम्बन्धको सम्मान, आफ्नो इमानदारी र नैतिकताको प्रदर्शन, काम गर्दा सधै सामाजिक न्यायमा जोड दिँदै सामाजिक कार्यमा निपुणताको साथ कर्तव्यनिष्ठ भई कार्य सम्पादन गरेको हुनुपर्छ ।

अहिले हाम्रो देशमा भएका सामाजिक संघसंस्थाहरु अहिले सामाजिक सेवामा तथा सामाजिक कार्यमा त्यति प्रभावकारी देखिरहेको अवश्था छैन । तर ति संघसंस्थाहरुको मुख्य उद्देश्य भनेको नै समाज सेवा नै हो । तर ती संघसंस्थाहरुकहा छन् के गर्दैछन् ? लक्षित वर्ग रसमुदायमा कति गएका छन् त्यो त हामी सबैलाई थाहा नै छ ।

जे भएता पनि सामाजिक कार्य विशेष गरी समाज तथा नागरिकप्रति समर्पित कार्य हो । सामाजिक कार्य तथा सामाजिक सेवा व्यक्तिगत स्वार्थबाट सधैं टाढा रहनुपर्छ । विगतका विभिन्न कालखण्डमा सामाजिक कार्य तथा सामाजिक सेवाको लामो इतिहास छ ।

विभिन्न कालखण्डमा सामाजिक अभियन्ताहरुले सामाजिक सेवाको लागि जीवन समर्पित गरेका प्रशस्तै दृष्टान्त छन् । सामाजिक सेवामा व्यक्तिगत स्वार्थभन्दा धेरै टाढा रहनुपर्छ ।

सामाजिक सेवामा लागेका व्यक्तिहरु व्यक्तिगत, पारिवारिक, नातागत र सामाजिकसेवालाई पेसा बनाई सम्पत्ति आर्जन गर्ने स्वार्थको राजनीतिबाट टाढा बस्न सकेमात्र समर्पित सामाजिक अभियन्ता तथा समाजसेवी बन्न सकिन्छ ।

सामाजिक सेवा एक परोपकार कार्य हो, जस्ले वैज्ञानिक तरिकाबाट समस्याको समाधान गर्दै मानिसहरुको मनलाई मिलाउँदै लैजानु र समाजलाई उन्नतितर्फ लैजानु नै सामाजिक सेवा हो । तसर्थ हामी सबैले सक्दो आफ्नो गाउँ, ठाउँ र समाजका लागि केही न केही गर्दै योगदान दिने काम गरौं । यो नै सामाजिक सेवा हो ।

अतः सामाजिक सेवा दिवस हरेक वर्ष भव्य र सभ्यताको साथ मनाउन मात्र सीमित नभई निरन्तररुपमा हामी सामाजिक अभियन्ताहरु, समाजसेवीहरु,सम्पूर्ण युवाहरु, आमा समूहहरु एवं सम्पूर्ण सामाजिक संघसंस्थाहरु कर्तव्यनिष्ठ बनौं, प्रतिबद्धताको साथ समाज सेवामा निस्वार्थ भावनाको साथ लागौं । जय होस् सामाजिक सेवा दिवस ।

(खड्का गैसस महासंघ, गण्डकी उपाध्यक्ष हुन्)

तपाईको प्रतिक्रिया