गाेरखामा जडीबुटी खोज्न जाँदा मुत्यु

गाेरखा, रासस ।
धार्चे गाउँपालिका–२ केरौजाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । लेकमा जडीबुटी खोज्न गएका ३८ वर्षीय मनीरक्ष गुरुङको भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।
उहाँको यही असोज ५ गते नै लडेर मृत्यु भएको भए पनि घटनास्थल केरौजाबाट दुई दिनको पैदल दूरीमा पर्ने भएकाले मङ्गलबार मात्र जानकारी प्राप्त भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मृतक गुरुङ साथीहरुसँग मिलेर केही समयअघि समूहमा जडीबुटी खोज्नका लागि लेकतर्फ गएका थिए ।
“अहिले लेकमा जुडीबुटी टिप्ने समय हो”, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “विशेषगरी निरमसीलगायतका जडीबुटी अहिले त्यस क्षेत्रमा पाइने भएकाले युवाहरु समूह–समूहमा मिलेर जुडीबुटी खोज्न जाने गर्छन ।”
घटनास्थलमा आज मात्र प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । घटनास्थल निकै टाढा भएकाले घटनाको ढिलो गरी जानकारी आएको उहाँको भनाइ छ ।









त ल्हो आशिमाला !
सम्पादकीय—नयाँ मतदाताको परीक्षा
फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया