संक्रमित गर्भवतीले पोखरामा जन्माइन् बच्चा

समाधान संवाददाता २०७७ असोज ८ गते १९:३८

समाधान संवाददाता

कोरोना भाइरस रोग कोभिड १९ संक्रमित भएकी गर्भवतीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शिशु जन्माएकी छन् । उनको अप्रेसन गरी बच्चा निकालिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाए ।

भारतको विहार मोतीहारी जिल्ला घर भई पोखरा बस्दै आएकी २४ वर्षीया महिलाको आज बिहीबार साढे १ बजे अप्रेसन गरी बच्चा निकालिएको हो । आमा सकुशल रहेको अस्पतालले जनाएको छ । बच्चालाई एनआइसियुमा राखेर उपचार गरिएको छ ।

Advertisement

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.चुममाया पुन नेतृत्वमा बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, एनेस्थेसिस्ट डा रोहिणी सिग्देलको टिम अप्रेसनमा संलग्न थियो । नर्सिङ कर्मचारी आरती अधिकारी, लक्ष्मी पराजुली, गीता परियार र कार्यालय सहयोगी पवित्रा भण्डारीको समेत शल्यक्रियाका विभिन्न भूमिकामा साथ रहेको गरिएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

ती महिला असोज ५ गते क्षेत्रीय अस्पताल भर्ना भएकी थिइन् । ६ गते उनको स्वाब लिएर कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसै दिनदेखि ती महिलालाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया