फोर्स मोटर्सले ल्यायो दशैं आशिर्वाद उपहार योजना, यस्ता छन् विशेषता

समाधान संवाददाता २०७७ असोज ९ गते १७:४१

समाधान संवाददाता, पोखरा

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले दशैँ आर्शिवाद उपहार योजना ल्याएको छ ।

दशैं र तिहारको अवसरमा दशैँ आशिर्वाद उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्राक्सक्रुजर जीप खरिदमा ९ महिनासम्म किस्ता र व्याज तिर्न नपर्ने, ९ लाख डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने वा स्क्रयाच कुपनमार्फत २ देखि १० लाखसम्म नगदमध्ये कुनै एक अफर रोज्न सकिने हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए ।

ट्राक्स कार्गोकिङ पिकअपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार डाउन पेमेन्टमा गाडी खरिद गर्न सकिने अथवा स्क्रयाच कुपनमार्फत १ देखि ५ लाखसम्म नगदमध्ये कुनै एक अफर रोज्न सकिनेछ ।

Advertisement

त्यस्तै २६ सिट क्षमता भएको ट्राभलर टि–२ मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख डाउन पेमेन्टमा गाडि वा स्क्रयाच कुपनमार्फत रु २ देखि ६ लाखसम्म नगदमध्ये कुनै एक अफर लिन सकिने सुबिधा छ ।

बिगत ७ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लीमार्फत आफ्ना गाडीहरु विक्रि गर्दै आएको छ ।

कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख किमिको इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस लगायतका गाडिहरुको आयात तथा विक्रि गर्दै आएको अध्यक्ष थापाले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैरीधारा, पोखराको चाउथे, सुनसरीको इटहरी, मकवानपुरको हेटौँडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ ।

स्थानीय डिलरको रुपमा चितवनको भरतपुर, झापाको विर्तामोड, धनुषाको जनकपुरका डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडीहरु विक्रि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया