देशभर १५७३ संक्रमित थपिए, ८०९ जना राजधानीका

समाधान संवाददाता २०७७ असोज ११ गते १७:०२

समाधान संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यी मध्ये अधिकांश राजधानीका संक्रमित छन्

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। आइतबार राजधानीमा ८०९ जना नयाँ संक्रमित

Advertisement

स्वास्थ्य मन्त्रालयका  अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९  रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया