क्यान इन्फोटेक टोली जिल्लातिर

समाधान संवाददाता २०७५ फागुन ५ गते ९:०१

समाधान संवाददाता

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाले ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइ पेको तयारी तीव्र बनाएको छ । फागुन १८ देखि २४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने प्रदेशस्तरीय इन्फोटेकको तयारीका क्रममा कास्कीसहित प्रदेशका अन्य जिल्लामा पनि प्रचारप्रसार भइरहेको अध्यक्ष युवराज पौडेलले बताए ।

क्यानले स्याङ्जामा पत्रकार सम्मेलन गरी इन्फोटेकको तयारीबारे जानकारी गराएको छ । क्यान प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोलाले सूचना तथा प्रविधिको क्षेत्रमा इन्फोटेकले महत्वपूर्ण योगदान पुरु्या‍उने बताए । अन्य जिल्लामा पनि प्रचारप्रसार गरिने सचिव विकास भुर्तेलले जानकारी दिए ।

Advertisement

इन्फोटेकमा राखिने स्टलमध्ये ८० प्रतिशत स्टल बुकिङ भइसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । ‘बाँकी स्टल पनि बुकिङ हुने क्रम जारी छ,’ उनले भने । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिलाई इन्फोटेकमा भित्र्याइने बताइएको छ । क्यान इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल पनि हुनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया