जेसिज सप्ताह समापन

समाधान संवाददाता, पोखरा
पोखरा लेडी जेसिजले सप्ताहव्यापी कार्यक्रम गरेको छ । ‘हाम्रो अभियान, समृद्ध समाज निर्माण’ नाराका साथ जेसिजले जेसिज सप्ताह २०२० गरेको हो ।
सप्ताह अन्तर्गत आइतबार नेपाल पत्रकार महासंघ कास्कीलाई माक्स तथा सेनिटाइजर प्रदान गरिएको छ ।
जेसिजले सामाजिक विकास क्षेत्र अन्तर्गत लेखनाथको कोरोना अस्पतालको आइसुलेसनका बिरामीहरुलाई सामाग्री वितरण, समृद्धिको रहर कोरोना कहर विषयक अन्तक्र्रिया गरेको पोखरा लेडी जेसिजका अध्यक्ष शोभा भुजेलले जानकारी दिइन् ।
‘सीप सिकौं आत्मनिर्भर बनौं’भन्ने नाराका साथ सीपमुलक तालिम, मन्टश्वरी स्तरीय चित्रकला, सराङकोट स्थित बालसुधारगृहका बालबालकिालाई सहयोग, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको थियो ।
कोभिड १९को कारण भर्चुअलतथा प्रत्यक्ष भेटघाट गरी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरेको कार्यकारी उपाध्यक्ष तथा मुलसंयोजक अनिता थापाले जानकारी दिइन् ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, पोखरा लेडी जेसिजका पूर्व अध्यक्ष गीता सिग्देल, वर्तमान महासचिव गायत्री फुयाल, सहसचिव सुमित्रा कोइराला,कार्यक्रम संयोजकहरु चन्द्र राना भुजेल, सुनिता गौतम लगायतले जेसिज सप्ताहको बारेमा बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया